यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१६
  • सुन्नुहोस् 
540   
यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन

कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०र८१ मा ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको छ।यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी ४९ करोड ७९ लाख ६० हजार तीन सय ५८ र सबैभन्दा कम प्रशासनिक सेवा शुल्कबाट  १९ हजार नौ सय राजस्व संकलन गरेको हो।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड २७ लाख २६ हजार नौ सय ५८, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट एक करोड १७ लाख ७३ हजार तीन सय ५५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट पाँच लाख ६३ हजार चार सय २५ संकलन गरेको छ। कार्यालयको बेरुजु एक लाख १९ हजार एक सय रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। सो कार्यालयले अघिल्लो आव २०७९र८० मा विभिन्न राजस्व शीर्षकबाट ६३ करोड ९४ लाख ३० हजार चार सय १४ राजस्व संकलन गरेको थियो। अघिल्लो आवको तुलनामा गत आवमा रु एक करोड ३७ लाख ३२ हजार छ सय ८२ ले राजस्व रकम वृद्धि भएको हो।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च