हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा,सतर्कता अपनाउन अनुरोध

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२८
  • सुन्नुहोस् 
654  
Banner

धनगढी । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । अहिले केही प्रदेशमा वर्षा भइरहेको छ । 

दिउँसो कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी, गण्डकी, लुम्बिनीकै केही स्थान र बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ ।

राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ । यस क्रममा कतिपय ठाउँमा चट्याङ पनि पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ । 

भारी वर्षका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षयाजस्ता प्रकोप हुने सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनवीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार