बाजुराका ११ महिलाको उद्धार - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

बाजुराका ११ महिलाको उद्धार

  • Phulbari Khabar Logo
    बिक्रम बोहरा
  • Logo
    २०८१-४-५
  • सुन्नुहोस् 
855   
बाजुराका ११ महिलाको उद्धार : Phulbari Khabar

बाजुरा  । कञ्चनपुरको गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।बाजुरादेखि ललाइफकाई गरेर भारतका विभिन्न ठाउँमा लैजाने क्रममा शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकीले गड्डाचौकी नाकाबाट उनीहरूको उद्धार गरेको हो।

Phulbari Khabar

भारतमानोकरी लगाइदिने प्रलोभन देखाएर बाजुरादेखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाको उद्धार गरिएको शान्ति पुनस्र्थापना केन्द्र गड्‌डाचौकीले जनाएको छ ।

बाजुराको गौमूल गाउँपालिकाका तीन, बडीमालिका नगरपालिकाका एक, खप्तड छेडेदह गाउँपालिकाका चार, त्रिवेणी नगरपालिकाका दुई र बुढीग‌ङ्गा नगरपालिकाका तीनसहित आठ महिला, चार जना बालक गरेर ११ जनाको उद्धार गरिएको शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकीका सुपरभाइजर मनिषा न्यौपानेले बताइन् ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च