हामि संग जोडिनुहोस

समाचार

उद्योग मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा एक उद्योग प्रवर्द्धन गरिने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२६
  • सुन्नुहोस् 
582  
Banner

धनगढी । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रमा १र१ वटा उद्योग प्रवर्द्धन गर्ने भएको छ । मन्त्रालय अन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयमार्फत् ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । सुदूरपश्चिमको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले सो कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने जनाएको हो ।

निर्देशक धर्मराज जोशीले प्रत्येक निर्वाचन क्षेत्रका लागि १५ लाख रुपैयाँका दरले बजेट विनियोजन भएको बताए । उनले सो कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिमा प्रवर्द्धन गरिने उद्योगको मापदण्ड निर्धारण गरिने बताए । उनले नयाँ उद्योग सञ्चालन गर्नुभन्दा प्रदेशमा दर्ता भई सञ्चालन भइरहेको उद्योगलाई मापदण्डका आधारमा प्रवर्द्धन गरिने बताए । एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र०८१ का लागि चार करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी, मन्त्रालयले ठूला तथा मझौला उद्योग प्रोत्साहन गर्न तीन करोड रुपैयाँ विनियोजन गरेको छ । कार्यविधि र मापदण्ड बनाएर सो कार्यक्रम सञ्चालन गरिने निर्देशक जोशीले बताए । उनले प्रशोधन केन्द्र तथा उद्योग स्थापनाका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न समेत १५ लाख रुपैयाँ विनियोजन गरेको बताए । प्रदेश सरकारले एक जिल्ला एक उद्योग स्थापना कार्यक्रम सञ्चालन गरिने भनेर नीति तथा कार्यक्रम र बजेट भाषणमा पनि उल्लेख गरेको भए पनि सो कार्यक्रममा पाँच लाख रुपैयाँमात्रै विनियोजन गरिएको छ ।

निर्देशक जोशीले प्रदेश सरकारले सो कार्यक्रम प्रस्ताव गरेको भए पनि प्राविधिक त्रुटिका कारण सो शीर्षकमा बजेट कम विनियोजन भएकाले कार्यान्वयन हुन नसक्ने अवस्था रहेको बताए । सञ्चालनमा रहेका नेपाली कागज उद्योगलाई प्रविधि सहायता गर्न २५ लाख, उद्योग क्षेत्रको विकासका लागि १० वर्षे रणनीतिक योजना तयार गर्न २० लाख, औद्योगिक प्रोफाइलको पूर्णताका लागि तथ्यांक संकलन गर्न १०, स्थानीय कच्चा पदार्थ प्रयोग गरी विभिन्न वस्तु उत्पादन गर्ने उद्योगलाई प्रविधि सहायता गर्न ४५ लाख विनियोजन गरिएको छ ।

प्रदेशस्तरीय मेला महोत्सवमा उद्यमीलाई स्टल बुकिङ गर्न पाँच लाख, स्थानीय तह र जडिबुटी प्रशोधन केन्द्र धनगढीसँग साझेदारी गर्न २० लाख, महिलारएकल महिलाबाट सञ्चालित उद्योग प्रवर्द्धन गर्न २१ लाख रुपैयाँ विनियोजन गरिएको निर्देशक जोशीले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार