हामि संग जोडिनुहोस

समाचार

गोदावरी धाममा बाढीको ताण्डव :नेपाली सेनाले दर्शनार्थीका लागि मन्दिर सरसफाई

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२६
  • सुन्नुहोस् 
1.31K  
Banner

 धनगढी दुई दिन लगातार परेको अविरल वर्षापछि आएको बाढीले क्षति पुगाएको गोदावरी धामको नेपाली सेनाले सरसफाई गरेको छ । 

साउन २२ र २३ गते परेको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका—४ स्थित गोदावरी धाम क्षेत्रमा क्षति पुगाएको थियो । 

श्री गुरुबक्स गुल्मका निमिक्त गुल्मपति सह सेनानी सरोज कोइरालाको कमाण्डमा श्री सुदूरपश्चिम पृतना हेड क्वार्टर र श्री सर्वेश्वर गणबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले मन्दिर भित्र जम्मा भएको बालुवा तथा माटो हटाएको हो । अवरोध हटाईएसंगै दर्शनार्थीलाई मन्दिर दर्शनका लागि सहज भएको  श्री देवीदल गण तेघरीका प्रमुख सेनानी गणपति रबी के.सी. ले बताए । 

बाढीले गोदावरी धाम क्षेत्रमा रहेका मन्दिरमा ढुङ्गा, माटो, बालुवा, काठका मुढा, झारपात थुपारिदिएपछि दर्शनार्थीले मन्दिरको दर्शन गर्न पाएका थिएनन् ।

‘मन्दिर परिषरमा बस्ने योगीहरुको खाद्यान्न बाढीले क्षति पुगाएको थियो’ तेघरीका प्रमुख सेनानी गणपति के.सी.ले भने, ‘खाद्यान्ना समेत सुरक्षित स्थानमा टोलीले व्यवस्थापन गरेको छ ।’

प्राकृतिक विपत्तिबाट धनजनको क्षति नहोस् भनेर नेपाली सेनाको विपद् उद्धार टोली कैलालीमा सक्रियता पूर्वक खटिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार