समाचार
कैलालीको बुढीतोला–खानीडाँडा क्षेत्रमा पहिरो हटाउने कार्य जारी

धनगढी। सोमबार राति आएको अविरल वर्षाका कारण सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने सडक अबरुद्ध बनेको छ। तराईसंग जोड्ने भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका र चुरे गाँउपालिकाका बिभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार भाँसिएको सडक क्षेत्रमा पहिरो खोल्ने क्रम तिब्र पारिएको छ। सडक डिभिजन बिभाग र सुरक्षाकर्मीहरुले बिहानैदेखि अबरोध हटाउन लागीरहेका छन् । भीमदत्त राजमार्गको भ्याँगुत्तेपानीको पहिरो मात्र डोजरले हटाएको छ।यद्दपि राजमार्गको विभिन्न क्षेत्रमा पहिरो र रुख रहेकाले डोजर सडक भाँसिएको क्षेत्रमा पुग्न समय लाग्ने भएको हो।सडक भासिएका कारण तत्काल यातायात सुचारु हुने संभावना छैन।
पहिरो आउने क्रम जारी रहेका कारण अबरोध हटाउने कठिनाई भइरहेको छ ।जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा सोमवार राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। सोमवार राति पहिरो खसेपछि अवरुद्ध भएको सडक ठाउँ–ठाउँमा चिरा परेर भाँसिएको छ। भासिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरको प्राविधिक समूहले हटाउने क्रम जारी राखेको छ।
मंगलवार सडक सुचारु हुने अवस्था नरहेको र अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सडकमा रुखहरु भएकाले क्रेन समेत मगाइएको छ। हिरो हटाएर यातायात सुचारु गर्न कार्य तिब्र पारिएपनि सडक नै भासिएका कारण तत्काल यातायात सुचारु गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए ।सुदूरपश्चिमका पहाडी जिल्लाबाट आएका र तराईबाट पहाडजाने सवारीसाधन बाटोमै रोकिएका छन्। भने सयौँ यात्रुहरू अलपत्र परेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्