हामि संग जोडिनुहोस

समाचार

कैलारी गाउँपालिकाले डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि अभियान संचालन गर्दै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२३
  • सुन्नुहोस् 
1.26K  
Banner

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि अभियान संचालन गर्ने भएको छ । कैलारी गाउँपालिका पनि डेंगी रोगको उच्च जोखिममा रहेकाले रोकथाम तथा नियन्त्रणका लागि अभियान संचालन गरिन लागिएको हो । 

गाउंपालिकाले आज सुचना जारी गर्दै वडा अन्तरगतका विभिन्न गाउँटोल तथा समुदायमा डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि अभियान कार्यक्रम बनाई संचालन गर्न गराउन नौ वटै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ । 

गाउंपालिकाले डेंगी रोग लाग्न नदिनको लागि डेंगी रोग सार्ने लामखुट्टेको बासस्थान र लार्भा वृद्धि विकास हुने स्थानको पहिचान गरि लार्भा नष्ट गर्ने अभियान संचालन गरिने बताएको छ ।

पानी जम्ने गमला, टायर, प्लाष्टिकका बोटल जस्ता स्थानहरु लगायत घर र कार्यालय वरिपरीको सरसफाई गरी लामखुट्टेको बासस्थान नष्ट गर्न गाउँपालिकाले अभियान संचालन गर्ने जनाएको छ । 

गाउंपालिकाले वडा टोल तथा समुदायमा डेंगी रोगको बारेमा जनचेतना मुलक कार्यक्रम संचालन गरी जनतालाई सचेत गराउन वडा कार्यालय र स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरेको छ ।

पछिल्लो समय धनगढी,गोदावरी,जोशीपुर लगायतका केहि स्थानिय तहहरुमा डेंगी रोगको पुष्टि भईरहेको जनाउंदै कैलारी गाउँपालिका पनि डेंगी संक्रमणको उच्च जोखिममा रहेकाले सबैलाई सचेत हुन आग्रह गरेको छ । 

No description available.


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार