स्वास्थ्य
महाकाली अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरु
कञ्चनपुर । कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा पहिलो पटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरु भएको छ ।
प्रादेशिक सरकार मातहत रहेको अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा.इच्छा ढकालले सेवा दिन थालेका छन् ।
यससंगै महाकाली अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या १३ पुगेको छ । यद्दपी अस्पतालमा २८ विषेशज्ञ चिकित्सकको दरबन्दी रहेको छ ।