महाशिवरात्रीका दिन बेहडाबाबा मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

महाशिवरात्रीका दिन बेहडाबाबा मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने

  • Phulbari Khabar Logo
    दिपक बम
  • Logo
    २०८०-११-१४
  • सुन्नुहोस् 
900   
महाशिवरात्रीका दिन बेहडाबाबा मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने : Phulbari Khabar

धनगढी । कैलालीको धनगढीमा रहेको बेहडाबाबा मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको छ । धनगढी १६ मा रहेको बेहडाबाबा मन्दिरमा महाशिवरात्री अवसरमा फागुन २५ गते मन्दिरमा २ करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको हो । 

Phulbari Khabar

करिव २ सय जनाबाट १ भक्तले १ लाख २५ हजारका दरले दीप प्रज्वलन गर्ने बेहडाबाबा फाउण्डेशन नेपालका अध्यक्ष पदमराज जोशीले बताए । महाश्विरात्रीका दिन अपहाराह्न ३ः३० देखी ४ः३० बजेको समयमा दीप प्रज्ज्वलन गरिने बेहडाबाबा फाउन्डेसनले जनाएको छ ।

यस वर्ष बेहडाबाबा मन्दिरको करिव ३ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । भक्तजनको  सहजताका लागि  कैलालीको तीन ठाँउबाट ६ वटा बसबाट न्युन शूल्कमा सेवा दिने फाउण्डेशनका अध्यक्ष जोशीले बताए । उनका अनुसार धनगढीको क्याम्पस रोड बेली र चौमाला बाट दुई दुई बस सञ्चालन गरिने छ । 

Phulbari Khabar

महाश्विरात्री दिन लाग्ने मेलाको तयारी पुरा भएको बताइएको छ । शिवरात्रीको अवसरमा गरिने दीप प्रज्वलन कार्यक्रममा सबै भक्तजनले सहभागी हुन अनुरोध गरेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च