हामि संग जोडिनुहोस

समाचार

पत्रकार मुकुन्द भण्डारी यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित

  • Logo
    दिपक बम
  • Logo
    २०८०-११-१३
  • सुन्नुहोस् 
1.34K  
Banner

धनगढी । कैलाली जनपुस्तकालयले रेडियो नेपालका पत्रकार, नेपाल पत्रकार महासंघका नेता मुकुन्द भण्डारीलाई पुरस्कार हस्तान्तरण तथा सम्मान गरिएको छ । पत्रकारिता मार्फत सुदूरपश्चिम क्षेत्रको भाषा संस्कृतिमा विशेष योगदान पुर्याएको भन्दै पत्रकार भण्डारीलाई जनपुस्तकालयले यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कार हस्तान्तरण तथा सम्मान गरिएको हो । 

उनलाई जनपुस्तकालयले शनिबार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी र यज्ञराज यात्रीले पुरस्कार हस्तानतरण गरेको छ । पत्रकार भण्डारी विगत २४ वर्ष देखी रेडियो नेपालमा कार्यरत रहेका छन् ।

पत्रकारिता मार्फत डोटेली भाषा,संस्कृतिको संरक्षण सम्वद्र्धनमा योगदान दिएको भन्दै पुस्तकालयले भण्डारीलाई अभिनन्दन गरेको जन पुस्तकालयका अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.जोशीले बताए ।

पत्रकार भण्डारी रेडियो नेपालबाट प्रशारण हुने डोटेली भाषाका सस्थापक समाचार बाचक  तथा कार्यक्रमका प्रस्तोता हुन् ।  




तपाइको प्रतिक्रिया दिनुहोस्