हामि संग जोडिनुहोस

समाचार

मिसेस राइज २०८० को बिजेता बनिन सुदूरपश्चिमकी सन्चारकर्मी तथा गायिका भट्टराई

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-१०
  • सुन्नुहोस् 
408  
Banner

धनगढी । सन्चारकर्मी तथा गायिका हेमन्ता भट्टराई मिसेस राइज एन्ड साइन दिभा २०८० को बिजयी  बनेकि छिन । शनिवार ग्रान्ड फिनालेमा भएको राइज एन्ड साइन दिभा २०८० को पहिलो सिजनमा १६ जना बिबाहित महिला प्रतिस्पर्धिलाई उछिन्दै भट्टराई विजेता बनेकि हुन् । 

जसमा सुधा राई फस्ट रनर अप,रेनुका श्रेष्ठ सेकेन्ड रनर अप ,ममता बजगाइ थर्ड रनर अप र करुणा बस्नेत फोर्थ रनर अपमा चुनिएका छन् । टप फाइभ समेत छानिएको थियो ।

ललितपुर जिल्लाको बालकुमारी म्युजिक सिटि हलमा भएको कार्यक्रममा नेपाल टेलिकम र खल्ती एप्स मार्फत भएको भोटिङमा समेत आफुले सर्बाधिक भोट प्राप्त गरि बिजयी भएको भट्टराइले बताइन् । सो कार्यक्रममा आफुले सुदूरपश्चिमबाट एक्लो नेतृत्व गरेको उनको भनाई छ । 

मिसेस राइज एन्ड साइन दिभा २०८० को बिजयी हुनुमा सबै शुभचिन्तकहरुको महत्वपूर्ण सहयोय र माया रहेको उनले बताइन् । 

उनले आफ ुलाई भोट गर्ने शुभचिन्तक हरुलाई कृतज्ञाता व्यक्त गरेकि छन् । आगामि दिनहरुमा दर्शक तथा शुभचिन्तकहरुको माया पाए सुदूरपश्चिमको लागी सकारात्मक कार्य उर्ने उनले बताइन् । 

बिजेता भट्टराईले मिसेस युनिभर्समा समेत भाग लिन पाउनेछिन् । बिजेताहरुलाई एचु हेयर वयलले चेक भौचर उपलब्ध गराएको थियो भने रोज ब्युटी एकेडेमिले उनिहरुलाइ ४० हजार बराबर सौन्दर्य सम्बन्धी कोर्ष दिने घोषणा गरेको थियो । बिजयीहरुले आकर्षक गिफ्टहरु समेत प्राप्त गरेका थिए ।

राइज एन्ड साइन कृयसन प्रालीले ३ महिनादेखी काठमाडौ, ललितपुरमा ३ चरणको अडिसन लिएको थियो । ३० जना बिबाहित महिलाहरुको बिचमा प्रतिस्पर्धा गराउदै १६ जना भोटिङ राउन्डमा प्रवेश गरेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्