कैलाली विशेष
सर्वोदयको ४३ औँ वार्षिकोत्सब सम्पन्न

धनगढी। कैलालीको धनगढी-१४ सी गाउँमा रहेको सर्वोदय माद्यामिकक बिद्यालयको वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । सोमबार बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जगदिस चौधरी अध्यक्षता तथा धनगढी १४का कार्यबाहक वडा अध्यक्ष रमेश चौधरीको प्रमुख आतिथ्यमा ४३ औ वार्षिकोत्सब सम्पन्न भएको हो ।
बिद्यालयका लेखापाल सन्देश सिकेले बिद्यालयको आर्थिक प्रतिबेदन पेस गरेको थिए । बिद्यालयका प्रधानाध्यापक जितबहादुर चौधरीले बिद्यालयको शैक्षिक प्रगति प्रस्तुत गरेका थिए ।
विविध साँस्कृतिक कार्यक्रममा साथ सम्पन्न वार्षिकोत्सब समारोहमा बिद्यालयका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरुस्कृत समेत गरिएको थियो । वार्षिकोत्सबमा सहभागि अतिथि बक्ताले बिद्यालयले प्रगति गर्दै भएकोमा खुसी ब्याक्त गर्दै थप प्रगतिको कामना गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्