हामि संग जोडिनुहोस

समाचार

धनगढीमा प्रेम पत्र प्रतियोगिता सम्पन्न,पोखराबाट रमेशले पठाएको पत्र प्रथम

  • Logo
    दिपक बम
  • Logo
    २०८०-११-३
  • सुन्नुहोस् 
1.4K  
Banner

धनगढी । धनगढीमा प्रेम पत्र प्रतियोगिता सम्म्पन्न भएको छ । `भ्यालेन्टाइन्स डे´को अवसरमा सुदूर चौतारी र सुप ईन्टरटेन्मेन्टको आयोजनामा बुधबार प्रतियोगिता सम्मपन्न भएको हो ।


सो प्रतियोगितामा पोखराका रमेश अवस्थिले पठाएको प्रेम पत्र प्रथम भएको छ । यस्तै अत्तरियाका गणेश भटराईको पत्र दृतिय र ओखल्ढुङ्गाबाट प्रमिला श्रेष्ठले पठाएको प्रेम पत्र तृतिय भएको कार्यक्रम व्यवस्थापक प्रेम विवश चन्दले जानकारी दिए ।


प्रथम हुनेलाई नगद रु पाँच हजार एक सय, दृतिय हुनेलाई चार हजार एक सय र तृतीय हुनेलाई तीन हजारसहित सम्मान गरिएको उनले बताए । 


सो प्रतियोगिताकोलागी माघ २१ गते आयोजकले पत्रकार सम्मेलन गर्दै माघ २९ गते सम्म पत्रको आह्वान गरेको थियो । सोही समयमा प्राप्त भएका प्रेम पत्रहरु निर्णायक मण्डलको मुल्याङ्कनका आधारमा १० उत्कृष्ट पत्र कार्यक्रममा बाचन समेत गरिएको थियो ।


प्रेम पत्र प्रतियोगितामा प्रेम-प्रेमिकाका साथै आफन्त,नजिकका साथि, देश, प्रकृति, मौलिक संस्कृति तथा परम्परा लागाएतका शिर्षकमा प्रेम पत्र लेखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्