शैलेश्वरी स्कुलद्वारा प्रेरणा दायी अभिभावक बन्न एक दिने सेमिनारको आयोजना - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

शैलेश्वरी स्कुलद्वारा प्रेरणा दायी अभिभावक बन्न एक दिने सेमिनारको आयोजना

  • Phulbari Khabar Logo
    दिपक बम
  • Logo
    २०८०-११-२
  • सुन्नुहोस् 
1.27K   
शैलेश्वरी स्कुलद्वारा प्रेरणा दायी अभिभावक बन्न एक दिने सेमिनारको आयोजना : Phulbari Khabar

धनगढी । धनगढीमा रहेको शैलेश्वरी इङलिस बोर्डिङ स्कुलले प्रेरणा दायी अभिभावक सेमिनारको आयोजना गरेको छ । सोमबार धनगढी उपमहाहनगरपालीका वडा नं. ५ जाँइमा रहेको बोर्डिङ स्कुलले कैलाली उद्योग बाणिज्य संघको सभाहलमा सो सेमिनारको आयोजना गरेको हो । 

Phulbari Khabar

विद्यार्थिहरुको पहिलो पाठशाला घर भएकाले अभिभावकलाई सन्तानको कुसल अभिभावक बन्न प्रेरणादायी सेमिनारको आयोजना गरिएको शैलेश्वरी इङलिस बोर्डिङ स्कुलका संस्थापक टेकेन्द्र देउवाले जानकारी दिए ।

“बालबालीकालाई पठनपाठन गर्न पारीवारिक बतावरणको पनि अहम भुमिका हुन्छ, संस्थापक देउवाले भने,‘अहिले कतिपय अभिभावकहरुले अभिभावकिय भूमिका निभाउन नसक्दा बालवालिकाहरुमाथि ठुलो लगानि लगाएर पनि चाहे जस्तो बनाउन सकिरहेका छैनन् ।”

Phulbari Khabar

“बालबालीकाका लागी पहिलो विद्यालय घर हो, अभिभावक पहिलो गुरु हुन्,उनले भने,‘कुसल अभिभावकले आफ्ना बालवालीकालाई असल सस्कार सिकाउनु पर्छ ।” घरबाट असल संस्कार सिकेर विद्यालय गएका बालबालीका शैक्षिक गतिविधिमा पनि सफल हुने उनको भनाई छ । 

सो एक दिने सेमिनारमा करिब चार सय भन्दा बढी अभिभावकको ससहभागिता रहेको शैलेश्वरी इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल  जगन्नाथ जोराले बताए । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च