धनगढीमा भ्यालेन्टाइनडे विशेष प्रेमपत्र प्रतियोगिता हुने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीमा भ्यालेन्टाइनडे विशेष प्रेमपत्र प्रतियोगिता हुने

  • Phulbari Khabar Logo
    दिपक बम
  • Logo
    २०८०-१०-२५
  • सुन्नुहोस् 
1.64K   
धनगढीमा भ्यालेन्टाइनडे विशेष  प्रेमपत्र प्रतियोगिता हुने : Phulbari Khabar

धनगढी । कैलालीको धनगढीमा प्रेमपत्र प्रतियोगिता हुने भएको छ । सुदूर चौतारीको आयोजनामा भ्यालेन्टाइनडे तथा प्रणय दिवसको अवसर पारी फागुन २ गते खुल्ला प्रेमपत्र कार्यक्रमको आयोजना गरिएको हो ।

Phulbari Khabar

सुदूर चौतारीले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रेम दिवसको नाममा समाजमा हुनेगरेका अचेतनशिल गधिविधी न्युनिकरण गर्न तथा प्रेम दिवसलाई सामाजिक मौलिक पर्व जस्तै सकारात्मक रुपले सवै प्रतिको माया, सद्भाव दर्शाउन प्रतियोगिता गर्नलागेको जनाएको छ ।

सो प्रतियोगितामा सहभागी हुने पात्रले माघ २९ गते भित्र आयोजक समितीलाई प्रेमपत्र पठाइसक्नु पर्ने छ  । आयोजक समितीका अनुसार टाचइपिङ्ग वा हस्तलिखित प्रेम पत्र कम्तिमा एक हजार शब्दको हुनुपर्ने जनाएको छ ।

Phulbari Khabar

पत्र ईमेलमा premchand2075@gmail.com,वाट्सएप नम्बर 9848 983880 मार्फत पठाउन सकिने र धनगढी एसपिए रोडमा सहभागी भएर बुझाउन सकिने सुदूर चौतारीका व्यवस्थापक प्रेम विवश चन्दले बताए । उनका अनुसार २९ गते भित्र प्राप्त भएका प्रेम पत्रलाई निर्णायक मण्डलको मुल्याङ्कनका आधारमा उत्कृष्ट १० जनालाई कार्यक्रममा सहभागी गराईने छ ।

सहभागी उत्कृष्ट १० जनाले आफ्नै स्वरमा पत्र बाँचन गर्नुपर्ने उनले बताए । त्यसबाट प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश नगद रु ५ हजार एक सय , ४ हजार एक सय र ३ हजार एक सय र उपहारसहित सम्मान गरिने छ ।

लेखकले प्रेम पत्रमा प्रेमपात्रका रुपमा प्रेम-प्रेमिकाका साथै आफन्त,नजिकका साथि, देश, प्रकृति, मौलिक संस्कृति तथा परम्परा लागाएतका शिर्षकमा लेख्न सकिने बताएको छ । सो प्रतियोगिता भ्यालेन्टाइनडेका दिन फागुन २ गते धनगढीको चौराहामा रहेको सौराइ होटेलमा हुने आयोजक समितिले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च