धनगढी । बचतकर्तताहरू धमाधम बैंकबाट पैसा झिक्न थालेका छन्। बैंकको ब्याजदर घट्न थालेसँगै पैसा झिक्ने ग्राहक बढ्न थालेका छन्।
निरन्तर बढेर दोहोरो अंकमा पुगेको बचतको ब्याज हाल एकल अंकलमा झारिएको छ। बैंकहरूले बचतको ब्याजदर एकल अंकमा झारेसँगै निक्षेप घट्न थालेको हो।
वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघले बचतमा वैशाखको ब्याजदर जेठमा निरन्तरता दिने निर्णय गरेको छ। यो निर्णयसँगै अब बचतको ब्याजदर तत्काल नबढ्ने पक्का भएको हो।
नेपाल बैंकर्स संघले गत चैतमा बचतको ब्याजदर वैशाख १ देखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो। त्यसपछि वैशाख १ गतेदेखि लागू हुने गरी बचतको ब्याज एकल अंकमा झारेका थिए।
व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दतीमा ७।९९ प्रतिशत ब्याजदर कायम गरिएको छ। गत चैतसम्म मुद्दतीतर्फ ११ प्रतिशत माथि थियो।
वैशाखमा घटेको ब्याजदर जेठमा निरन्तरता दिने भएपछि बैंकबाट पैसा झिक्ने बढेका हुन्।
२०८० वैशाख २६ गते बैंक तथा वित्तीय संस्थामा ५४ खर्ब ७४ अर्ब रहेको निक्षेप निक्षेप एकैदिन ४ अर्बले घटेर ५४ खर्ब ७० अर्बमा सीमित भएको छ।
यता वाणिज्य बैंकहरूको निक्षेप एकैदिन ३ अर्ब घटेको छ। २०८० वैशाख २६ गते वाणिज्य बैंकहरूमा ४८ खर्ब २७ अर्ब रहको निक्षेप ३ अर्बले वैशाख २७ गतेसम्म आइपुग्दा ४८ खर्ब २४ अर्बमा सीमित भएको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेपसँगै कर्जा प्रवाह समेत घटेको छ।
वैशाख २०८० वैशाख २६ गते बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेकोमा एकैदिन ६ अर्बले घटेर ४८ खर्ब ५० अर्बमा सीमित भएको छ।
यता वाणिज्य बैंकको मात्रै कर्जा प्रवाह ६ अर्बले घटेको छ।
वैशाख २०८० वैशाख २६ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेकोमा वैशाख २७ गतेसम्म आइपुग्दा ६ अर्ब कर्जा प्रवाह घटेर ४२ खर्ब ९९ अर्बमा सीमित भएको छ।
बैंक तथा वित्तीय संस्थामा निक्षेपसँगै कर्जा प्रवाहमा गिरावट आउदा कर्जा निक्षेप अनुपात ९रेसिडी रेसियो० समेत ८५।२१ प्रतिशत रहेको छ।
बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ।