धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका स्थित फूलवारी माध्यमिक विद्यालयमा एसइइ दिन गएका विद्यार्थी कुट्ने समुहलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । उपमहानगरपालिका-१९ को फूलवारी माध्यमिक विद्यालयमा एसइई दिन गएका विद्यार्थीमाथि कुटपिट गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको हो ।
फूलवारी माध्यमिक विद्यालयमा एसईइ दिन गएका धनगढी -१४ का चार जना विद्यार्थीलाई युवाको समूहले आक्रमण गरेको थियो । पक्राउ पर्नेमा सुजन बिसी, रबेन्द्र खड्का, बिराज बिष्ट , ज्याक भनेर चिनिने बबिन रानामगर , कमल बोहरा , अवि बिक, अशोक बिसी, किशन खड्का, सुजन परियार, कृष्ण सिके, आर्यन थापा, सन्तोष दवाडी पक्राउ परेका हुन् ।
आक्रमणबाट घाइते हुनेमा रमेश बोहरा , जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी रहेका छन । परिक्षा दिएर फर्किने क्रममा उनीहरुमाथि आक्रमण भएको थियो । उनीहरुको टाउको र शरीरमा चोट लागेकाे छ।