धनगढी ।कैलालीको धनगढी उपमहानगरपालिका-१९ मा एसइई दिन गएका विद्यार्थीमाथि कुटपिट भएको छ । फूलवारी माध्यमिक विद्यालयमा एसईइ दिन गएका धनगढी -१४ का चार जना विद्यार्थीलाई स्थानीय युवाको समूहले आक्रमण गरेको हो ।
आक्रमणबाट घाइते हुनेमा रमेश बाेहरा, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी रहेका छन । परिक्षा दिएर फर्किने क्रममा उनीहरुमाथि आक्रमण भएको घाइतेका आफन्त अक्कल भण्डारीले बताए । उनीहरुको टाउको र शरीरमा चोट लागेको छ ।
उनीहरुको अहिले धनगढीको सिटि अस्पतालमा उपचार भइरहेको छ । घटनाको कारण खुलेको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको र आक्रमण गर्ने युवा समुहको खोजिकार्य भइरहेको प्रहरीलेले जनाएको छ ।