फूलवारी । लामो समयदेखि तलब नपाएपछि कैलालीको धनगढी उपमहानगरपालिकामा पर्ने एक क्याम्पसका शिक्षक अनशनमा उत्रिएका छन् । क्याम्पसले लामो समयदेखि उनलाई तलब नदिएपछि उनि अनशनमा उत्रिएका हुन् ।
लामो समय देखि तलब नपाएको भन्दै कैलालीको फूलवारी बहुमुखी क्याम्पसका उपप्राध्यापक बम बहादुर बम अनशन बसेका हुन् । धेरै पल्ट क्याम्पसमा तलबको लागि प्रस्ताब राख्दा पनि नपाएको कारण अनसन बस्न बाध्य भएको उनले बताएका छन् । उनले क्यापससंग ९ बुंदे माग राख्दै आइतबार देखि अनसन बसेको बताएका छन् ।
उनले हालसम्म क्याम्पसबाट पाउन बांकि रहेको तलब भत्ता एकमुष्ट पाउनु पर्ने माग राख्दै अनसन थालेका हुन् । उनलाइ सफाईको मौका नदिई स्पस्टिकरण विना तानाशाह शैलीमा सहायक क्याम्पस प्रमुखबाट पदमुक्त गरिएको हुँदा उनको पद फिर्ता लिनुपर्ने माग अघि सारेका छन् । उनले नियम विपरित घटाएको तलब भत्ता पुर्ववत हुनुपर्ने माग राख्दै अनशनमा बसेका बताए । मागमा उनले क्याम्पस संचालक समितिको स्वेच्छाचारी प्रवृतिको अन्त्य गर्नुपर्ने, त्रिविको ऐन, नियम तथा क्याम्पसको विधान तथा नियामवलीको अक्षरस पालना गर्नुपर्ने, शिक्षक प्राध्यापकको अवरुद्ध सेवा वृत्ति प्रक्रिया अबलम्व सुरु गर्नुपर्ने माग गरेका छन् ।
उनले आईतबारबाट सुरु गरेको अनसन माग पुरा नभएसम्म क्याम्पस समयमा अनसन निरन्तर जारी राख्ने बताएका छन् । उनले क्याम्पस प्रमुखबाट आर्थिक पार्दशिता तथा मितव्ययीता कायम गर्नुपर्ने माग समेत अघि सारेका छन् । उपप्रध्यापक बमले २०७९ असार मसान्तसम्म आफुले क्याम्पसबाट पाउनुपर्ने १४ लाख २० हजार ६ सय ३१ रुपियां बांकी रहेको बताए । उनले असार देखी हालसम्मको जोड्दा आफुले क्याम्पसबाट पाउनुपर्ने बांकि रकम १५ लाख भन्दा बढि रहेको बताए । क्याम्पस प्रमुखका अनुसार क्याम्पसमा अध्यापन गराउने सम्पुर्ण शिक्षकको २०७९ असार मसान्त सम्मको कुल ९१ लाख ७७ हजार ७ सय पांच रुपियां तलब भत्ता दिन बांकि रहेको छ । आर्थिक संकटका कारण शिक्षकको तलब भत्ता दिन नसकिएको बताउंदै उनले यथाशिघ्र तलबको व्यवस्था गर्न क्याम्पस व्यवस्थापन समिति लागीरहेको जानकारी दिए । उनले हालसम्मको तलब दिन बांकि जोड्दा १ करोड भन्दा बढि भएकाले अवस्था निकै चुनौती पूर्ण भएको बताए ।