धनगढी । गौरीगंगा नगरपालिका वडा नम्बर ६ बनबेहडामा रहेको नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहकोको अध्यक्षमा चिरञ्जीवी छेडाल सर्वसम्मत चयन भएका छन् । सामुदायिक वनको दशौँ साधारण सभावाट छेडाल अध्यक्षमा चयन भएका हुन् ।
समुहको उपाध्यक्षमा पुजा कठायत, सचिवमा पदमराज जोशी, कोषाध्यक्षमा ममता जोशी, सहसचिवमा रुपनारायण चौधरी, चयन भएका छन् । यस्तै सदस्यहरुमा टोपराज शर्मा, पदम ओझा, धनिराम चौधरी, मिन बहादुर साउँद, चन्द्रा अवस्थी, नेत्र साउँद, टेक बहादुर साउँद चयन भएका छन् ।
अध्यक्षमा चयन भईसकेपछि अध्यक्ष छेडालले पर्यावरण जोगाउनका लागी वृक्षारोपण, जंगल संरक्षण गर्न समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने, आगलागी नियन्त्रण गर्न फायर लाईनहरु निर्माण गर्ने बताए । साथै अध्यक्ष छेडालले छाडा पशुचौपायालाई व्यवस्थापन गर्न सामुदायिक वनमा चरन क्षेत्र छुट्याउने पनि बताए ।
को हुन् अध्यक्ष छेडाल ?
नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहमा चयन भएका चिरञ्जिवी छेडाल गौरीगंगा नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् । यस अघि सामुदायिक वनमा कोषाध्यक्ष थिए ।
सामाजिक सेवामा सक्रिय छेडाल विभिन्न संघसंस्थाहरुमा रहेर समाज सेवा गर्दै आएका छन् । छेडाल बागेश्वरी असल शासन क्लब (बास नेपाल) कैलालीका अध्यक्ष पनि हुन् ।
छेडालले यसअघि नेपाल परिवार नियोजन संघ वनबेहडा उपशाखा अन्र्तगत युवा सुचना केन्द्रका संयोजकको रुपमा पनि काम गरिसकेका छन् ।