धनगढी । कैलालीमा बिहिबारदेखि हात्तिपाइले राेगविरूद्धकाे आम औषधि सेवन अभियान शुभारम्भ भएकाे छ ।
कैलाली जिल्ला समन्वय समितिकाे प्रङ्गणमा स्वास्थ्य कार्यालयकाे आयाेजनामा अभियान शुभारम्भ गरिएकाे हाे ।
अभियानकाे कैलाली प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले औषधि सेवन गर्दै शुभारम्भ गरे । उनले सम्पूर्ण जिल्लाबासीलाई औषधि सेवन गरि अभियानलाई सफल पार्न अनुराेध गरे । उनले भने कुनै पनि भ्रम, तथ्यहिन गफकाे पछाडी पर्नु हुँदैन । राेगबाट वचन औषधि सेवन गर्नुहाेला ।
जिल्ला समन्वय समितिका उपप्रमुख खगराज भुषालले पनि औषधि सेवन गर्दै अभियानले राेग उन्मुलनमा सहयाेग पुर्याउने बताए ।
अभियान शुभारम्भमा जिल्ला समन्वय समितिका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रदेश सभाका मर्यादापालक, कर्मचारी लगायतले औषधि सेवन गरे ।
आजदेखि शुरू भएकाे अभियान २५ गतेसम्म सञ्चालन हुने छ ।
जिल्लामा नौ लाख २६ हजार आठ सय ८८ जनसंख्या रहेकोमा आठ लाख ८० हजार छ सय ४७ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
जिल्लामा दुई वर्ष मुनिका बालबालिका २७ हजार पाँच सय ५५, गर्भवति महिलाको संख्या १३ हजार छ सय ८६ र सिकिस्त विरामी पाँच हजार रहेका छन् ।