सुदूर पश्चिममा मंगलवार दिउसो करिब २ :४४ मिनेटमा भुकम्पको धक्का महसुस गएको छ ।
मंगलवार दिउसो सुदूर पश्चिमका पहाडी जिल्लाहरुका साथै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा भुकम्पको धक्का महशुस भएको हो । भुकम्प आएपछि धनगढीमा घरभित्र रहेका कतिपय मान्छेहरु बाहिर निस्किएका थिए । भुकम्पले एकछिन पुरै घर हल्लाएको थियो ।
भुकम्पको केन्द्र बिन्दु र क्षतिका बारेमा भने केही बेर थप जानकारी आउने भुकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ ।