धनगढी। सुदूरपश्चिम प्रदेश सहित देशको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ।
भूकम्पको धक्का महसुस भएपछि बझाङसहित सुदूरपश्चिमका पहाडी क्षेत्रमा स्थानीयहरु घर बाहिर निस्किएका छन्। यस्तै, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पले भौतिक तथा मानवीय क्षति भए/नभएको विवरण प्राप्त भएको छैन।
भूकम्पको धक्का भारतको राजधानी दिल्ली–एनसीआर क्षेत्रमा पनि महसुस भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतीय राज्य उत्तर प्रदेश र उत्तराखण्डका केही भू–भागमा पनि भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले नेपाल केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केल तीव्रताको भूकम्प गएको जनाएको छ।