नागरिक उन्मुक्तिले समर्थन दिने, मुख्यमन्त्रीका लागि रावलको बाटो खुल्यो

धनगढी । नागरिक उन्मुक्तिले संघ र प्रदेशमा सत्ता समिकरणलाई समर्थन गर्ने भएकाे छ ।
पार्टीले सरकारलाई समर्थन गरेपनि सरकारमा नजाने निर्णय गरेकाे हाे ।
मुख्यमन्त्रीका लागि निर्णायक बनेको उन्मुक्तिले प्रदेशमा पनि समर्थन गर्ने निर्णय गरेसंगै नेकपा एमालेबाट मुख्यमन्त्रीका दावेदार राजेन्द्र रावललाई पदमा दाबी गर्न सहज भएको छ ।
उन्मुक्तिले सरकारमा भने नजाने निर्णय गरेको पार्टीले जनाएको छ ।