कुन दलले लिन्छ प्रदेशकाे उपसभामुख?

धनगढी । सुदूरपश्चिम प्रदेशमा उपसभामुखकाे पदका लागि नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएकाे छ ।
सत्ता समिकरण दलले उन्मुक्तिलाई उपसभामुख दिने प्रस्ताव गरेकाे हाे ।
उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने तर, सरकारमा नजाने निर्णय गरेसंगै उपसभामुख कुन दलकाे बन्ने टुङ्गाे छैन ।
उपसभामुख पदबारे उन्मुक्तिले साँझसम्म निर्णय गर्ने छ प्रदेश सभा सदस्यले भने उनीहरूले साे पदमा दाबी नगरे सत्ता समिकरण भित्र छलफल गरेर टुङ्गाे लाग्छ ।
प्रदेशमा सभामुख नेकपा माओवादी केन्द्रकाे सहमति भएकाे छ ।