काठमाडौं । प्रतिनिधि सभाको पहिलो अधिवेशनको मिति नजिकिएसँगै नेकपा ९एमाले०मा सभामुखका लागि लबिइङ शुरू भएको छ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एमालेबीच प्रधानमन्त्री र सभामुख आधारआधा कार्यकाल भागबण्डा गर्ने सहमति भएको छ। जस अनुसार पहिलो कार्यकाल माओवादीले प्रधानमन्त्री चलाउने र एमालेले पहिलो कार्यकाल सभामुख चलाउने भएका छन्।
सोही अनुसार, पुस १० मा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भइसकेका छन् भने एमालेको भागमा परेको सभामुखका लागि निर्वाचन प्रक्रिया शुरू गर्न लागिएको छ। प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी संसद् सचिवालयले गरेको छ।
सभामुखका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुवीर महासेठ, रघुजी पन्त र विद्या भट्टराईको नाम चर्चामा छ। उनीहरू सभामुखका लागि लबिइङ गरिरहेको बताइएको छ । कसलाई सभामुखको उम्मेदवार बनाउने भन्ने विषयमा एमालेले निर्णय गरिसकेको छैन। सभामुखको चुनाव आगामी माघ ७ गते तोकिएको छ ।