यी हुन् कांग्रेसले समानुपातिकतर्फ सिफारिस गरेका ३२ नाम (सूचीे)

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । पार्टी कार्यालयमा जारी बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंग्याएको एक पदाधिकारीले जानकारी दिए ।
ती पदाधिकारीका अनुसार समानुपातिक सांसद चयन हुनेमा खसआर्य महिलातर्फ प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, खसआर्यतर्फ पुरुषमा कांग्रेस प्रवक्ता प्रकाशशरण महत, दलिततर्फ जीवन परियार र मधेसीतर्फ विमलेन्द्र निधि चयन भएका छन् । आयोगले निर्वाचित गरेपछि मात्रै सांसदको टुंगो लाग्नेछ ।
प्रत्यक्षतर्फ कांग्रेसका ५७ सांसद निर्वाचित भएका थिए ।
आदिवासी जनजातितर्फ
१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिताकुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन
खस आर्यतर्फ
१ अम्बिका बस्नेत
२ सरिता प्रसाईं
३ आरजु राणा देउवा
४ ईश्वरी न्यौपाने
५ प्रतिमा गौतम
६ मञ्जु खाँण
७ रमा कोइराला पौडेल
८ कान्तिका सेजुवाल
९ मैना रावल कार्की
मधेसीतर्फ
१ नागिना यादव
२ मुक्ताकुमारी यादव
३ चन्दा चौधरी
४ संगीता मण्डल
५ निनुकुमारी कर्ण
दलिततर्फ
१ शान्ति विक
२ रुपा विक
३ सीता मिजार
४ आशा विक
थारुतर्फ
१ कल्पना चौधरी
२ विनाकुमारी थनेत
मुस्लिमतर्फबाट
१ जावेदा खातुन् जागा
पुरुष
१जीवन परियार दलिततर्फ
२ विमलेन्द्र निधि मधेसतर्फ
३ प्रकाशशरण महत खस आर्यतर्फ