धनगढीमा कुटपिटबाट एक जना घाइते

धनगढी, ३१ असोज । धनगढी उपमहानगरपालिका–११, बेलागाँउमा कुटपिटबाट एक जना घाइते भएका छन् । राती साढे ९ बजे घर गइरहेका बेला एक समूहले स्थानीय करणबहादुर बोहरालाई कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका उनको निर्सग हस्पिटलमा उपचार भइरहेको छ ।
शरीर भरि चोट लागेको र आखामा गहिरो चोट लागेर बाटोमा लडेको अवस्थामा भेटिएका उनलाई उपचारका लागि हस्पिटलमा लगेको पीडितकी श्रीमती देवी बोहोराले बताइन् ।आफ्नै गाउँका मनोज ओझाको समूहले आफ्ना श्रीमानलाई कुटपिट गरेको उनले बताइन् ।
कुटपिटबाट घाइते बनेका उनलाई ३ दिनदेखि अस्पतालमा राखेर उपचार भइरहेको छ । उपचार गर्दा लागेको खर्चसमेत नदिने भन्दै उल्टै ओझाले धम्क्याउने गरेको पीडित परिवार बताउछन्