फेसबुक अनलाइनको उमेदवार यज्ञराज बास्तोला भए, एमालेले नेपालुलाई दियो स् नारादमुनी राना

धनगढी, २७ असोज । नेकपा एमालेका कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधी सभाका उम्मेदवार नारदमुनि रानाले उमेदबारको टिकट फेसबुक र अनलाइन नभई पार्टीले दिने बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ ‘क’मा नेकपा एमालेका नेता यज्ञराज बस्तोलाको टिकट खोसिएको प्रसंगमा एमाले नेता रानाले बास्तोलाको टिकट पार्टीको कुनै कागजमा निर्णय नभएको बताएका छन् ।
पार्टीको कुनै निर्णय बिना नै बस्तोला जीले फेसबुकको सुचनाका भरमा उम्मेदवार भएको बधाई समेत खाएको नेता रानाले बताए । आफुले टिकट नखोसेको समेत बताएका छन् । पार्टीले केन्द्रबाट नै उम्मेदवारको नाम पठाएको उनको दाबी छ । ‘पार्टीले केन्द्रबाट नै नेपालु जीलाई उम्मेदवारको नाम पठाएको छ’ रानाले भने अनि मैले त्यसमा कसरी टिकट खोसे, मैले टिकट खोस्ने कुरै रहेन नी ।’
कैलाली क्षेत्र नम्बर ५ ‘क’मा नेपालु चौधरीको नाममै टिकट आएको रानाले बताए । रानाले यो टिकट कुनै बाटोमा च्यातेर खोसेर पाएको टिकट नभएका बताए । टिकट खोसेको भन्ने कुरा अरुको बुझाई गलत भएको उनको भनाई छ । ‘पार्टीले टिकट फेसबुक अनलाइन मार्फत होईन दिने’ रानाले भने–‘टिकट त पार्टीले अधिकारिक निर्णय गरी लेटर प्याडमा दिन्छ ।’ पार्टीले आधिकारिक रुपमा बस्तोलाई दिएको होईन उनको भनाई छ ।
आधिकारिक कुरा नभए अनलाइन फेसबुकमा आएको कुराले यज्ञराज बास्तोला उत्साहित भएको कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधी सभाका उम्मेदवार रानाले बताए । अर्को प्रशंगमा संसदमा रहदा आफ्ना अधुरा योजना पुरा गर्न फेरी कैलाली ५को प्रतिनिधी सभा उमेदबार भएको नारादमुनी रानाको भनाई छ । उता यज्ञराज बास्तोलाले भने नेकपा एमालेबाट राजीनामा समेत गरिसकेका छन् ।