मेरो देश बाँचिरहोस् ( गजल)

धर्मराज जाेशी,धनगढी
मेरो संस्कार ,भाषा धर्म भेष बाँचिरहोस।
म मरेर जाउँला,मेरो देश बाँचिरहोस् ।।
सगरमाथा,पशुपति,अपि शैपाल रारा ।
मेरो देशमा बाँकी जे छ,शेष बाँचिरहोस।।
फूलीरहुन सर्वजाति, वर्ण लिङ्ग क्षेत्र ।
गुराँस लाउन्या गुर्सीनीको, केश बाँचिरहोस।।
जिउँदा जन्ती लहर लाग्ने,मर्दा त्यस्तै मलामीको ।
दुख सुखमा मिलि खाने,मेस बाँचिरहोस।।