लोक दोहोरी गायिका उमादेवी खनालको तीज गीत ‘छोटा लुगा’ सार्वजनिक

काठमाण्डौं, २५ साउन/लोक दोहोरी गायिका उमादेवी खनालको तीज गीत ‘छोटा लुगा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ।
चर्चित कार्यक्रम प्रस्तोता समेत रहेकी गायिका खनालको आफ्नै युट्युवल च्यानल उमादेवी खनालमार्फत् शनिबार बजारमा आएको हो।
उमादेवी खनालको शब्द, गणेश विकको संगीत संयोजन रहेको गीतको भिडियो कुमार केसीले निर्देशन गरेका हुन्। गायिका उमादेवी खनाल र गायक अर्जुन सापकोटाको आवाज रहेको उक्त गीतको भिडियोमा गायक सापकोटा र बविता धितालको अभिनय रहेको छ।
गीतमा आफ्नो कला संस्कृतिलाई बिर्सन नहुनेमा जोड दिइएको गायिका खनालले बताइन्। आफ्नो संस्कृतिलाई बिर्सजन हुँदैन भन्ने सन्देश गीतमा प्रस्तुत गरिएको छ।