धनगढी-१४ मा योग विज्ञान शिविर सुरु

धनगढी, ४ असार । कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १४ मा दुई दिने योग विज्ञान शिविर कार्यक्रम सुरु भएको छ । शनिवार देखि संचालन भएको योग शिबिर ५ गते सम्म संचालन हुने छ । याफसोड नेपालले आयोजना गरेको योग विज्ञान शिविर संचालन गर्न धनगढी उपमहानगरपालिका वडा नम्बर १४को वडा कार्यलयले अर्थिक सहयोग गरेको थियो । शिबिर शिबशंकर आधारभूत बिद्यालयको मैदानमा सुरु गरिएको छ ।
याफसोड नेपाल कैलालीका अध्यक्ष चक्र नेपालीको सभापतित्वमा शिबिरको उद्घाटन गरिएको थियो । उप–महानगरपालिका वडा नम्बर—१४का वडा अध्यक्ष मानबहादुर बिष्ट कार्यक्रमको प्रमुख अथिती रहेका थिए । कार्यक्रमको संचालन योग प्रशिक्षक लक्ष्मीराज ओझाले गरेका थिए ।
रोगबाट मुक्त भई शारीरिक र मानसिक विकासमा समेत हुने भएकाले सो कार्यक्रम सञ्चालन गरेको आयोजक संस्था याफसोड नेपालका अध्यक्ष नेपालीले बताए ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर—१४ का वडा अध्यक्ष मानबहादुर विष्टले शारीरिक व्यायाम सबैका लागी महत्वपुर्ण रहेकोले यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताए ।