माओवादीले गर्यो धनगढीको मेयर र उपमेयरको नाम सिफारिस

धनगढी, ३ बैशाख/नेकपा माओवादी केन्द्रको नगर कमिटी बैठकले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारी र उप मेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
नगर कमिटीले जिल्ला र प्रदेश कमिटीलाई नाम सिफारिस गर्ने निर्णय गरेको हो । नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगर भित्र रहेका प्रदेश कमिटी सदस्य, नगर पदाधिकारी, जिल्ला समिति सदस्य, आयोग, विभागका सदस्य, सल्लाहकारहरुको बैठकले उम्मेदवारहरुको नाम सिफारिस गर्ने नगर कमिटी सचिव रमेशप्रसाद भट्टराईले बताए ।