काँग्रेसबाट स्थानीय तहको उम्मेदवारका आकांक्षीले शुल्क तिर्नुपर्ने

धनगढी, २३ चैत/आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहने आकांक्षीहरूले शुल्क तिर्नुपर्ने नेपाली काँग्रेस कैलालीले निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टीको बैठकले नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडा अध्यक्ष एवं सदस्य पदका आकांक्षीहरूका लागि शुल्क निर्धारण गरेको हो ।
पार्टीका जिल्ला सचिव केशव मिश्रका अनुसार नगर प्रमुख पदको आकांक्षीले सात हजार तथा उपप्रमुख पदका आकांक्षीले पाँच हजार रुपैयाँ, गाउँपालिका अध्यक्षले चार हजार, उपाध्यक्षले तीन हजार, वडा अध्यक्षले एक हजार र वडा सदस्य पदका आकांक्षीले पाँच सय रुपैया शुल्क तिर्नु पर्नेछ ।
बैठकले पार्टी सभापति नारायणदत्त भट्टको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।