सहकारी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

धनगढी, २० चैत/धनगढीमा भएको ‘आर्थिक समृद्धिमा सहकारीको भूमिका’ विषयमा माध्यमिक विद्यालय तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्यालेक्सी माविका जानवी जोशी प्रथम भएका छन् ।
६५ औं सहकारी दिवसको अवसर पारेर धनगढी उपमहानगरपालिका–५, तारानगरमा केन्द्रीय कार्यालय रहेको हिमशिखर वहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको प्रतियोगितामा त्रिनगर माविका वमबहादुर बिक दृतिय र एरिष्टो इग्लिस बोर्डिङ स्कूलका अमिशा गिरी तृतिय भएका छन् भने धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका प्रबिन चन्द सान्त्वना स्थान हात पारेका छन् । प्रतियोगितामा २० विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रथम हुनेलाई १० हजार, दृतियलाई ७ हजार, तृतियलाई ५ हजार तथा सान्त्वनालाई ३ हजार नगर प्रदान गरिएको थियो ।
सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटा प्रमुख अतिथी रहेका थिए । हिमशिखर सहकारी संस्थाका प्रवन्धक महेन्द्र शाहीले स्वागत गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैकका धनगढी शाखा प्रमुख कृष्णबहादुर रावल अतिथी रहेका थिए ।