धनगढीको वडा नम्बर ७ मा होली मिलन

धनगढी, २ चैत/धनगढीमा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । धनगढी उपमहानगरपालिका ७ नम्बर वडा कार्यालयको आयोजनामा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।
वडा नम्बर ७ को वडा कार्यालय प्राङ्गणमा भएको भएको कार्यक्रमको प्रमुख अतिथी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड रहेका थिए ।
कार्यक्रम वडा अध्यक्ष सिताराम रानाको अध्यक्षतामा भएको थियो ।