स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन

धनगढी, २ चैत/आधारभुत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरीएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा आधारभुत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरीएको हो ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशिला मिश्रले एक कार्यक्रमका बिच केन्द्रको भवन उद्घाटन गरेका हुन् ।
वडा नम्बर ९ गौरीपुर (सालघारी) मा रहेको भवन वडा अध्यक्ष प्रेमबहादुर भण्डारीको अध्यक्षतामा निर्माण भएको हो ।