नगर प्रमुख वडले गरे जनजागृतीको चार कोठे भवन उद्घाटन

धनगढी, २६ फागुन/श्री जन जागृती आधारभूत विद्यालयको चार कोठे भवनको उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिका–१५, कनरीमा रहेको विद्यालयको नवनिर्मित चार कोठे भवनको नगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । धनगढी उपमहानगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगबाट विद्यालयको भवन निर्माण गरिएको हो ।