दुर्घटना अपडेटःबैतडीमा बिद्यार्थी सवार टिप्पर दुर्घटना हुँदा ५ जनाको मृत्यु,थप बिवरण आउन बाँकी

जनक साउँद
बैतडी९फागुन । बैतडीमा टिप्पर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गरुडामा विद्यार्थी सवार टिप्पर दुर्घटना हुदा ५ जना विद्यार्थीको मृत्यु भएको हो । निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ । ४ जनाको घटनास्थलमा र १ जनाको उपचारका लागी अस्पताल पठाउँदै गर्दा मृत्यु भएको हो ।
टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ । टिप्परमा २५ जना सवार रहेको बुझिएको स्थानियहरले बताएका छन् । टिप्पर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटना स्थलमा प्रहरी टोली खटिएको छ । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।