जवरजस्तीकरणी गरेको आरोपमा एक शिक्षक पक्राउ

डोटी, ९ फागुन/जवरजस्तीकरणी गरेको आरोपमा डोटीका एक शिक्षक पक्राउ परेका छन । बोगटान फ्ड्सिल गाउँपालिका वडा नं १ सिमचौर अन्तर्गत नमुना आधारभुत विद्यालयका प्रधानाध्यापक शेरबहादुर बिक पक्राउ परेका हुन ।
बिकले सिमचौरकै एक महिला माथि पुस २० गते जवरजस्तीकरणी गरेको आरोप लागेको छ । जिल्ला सदरमुकामबाट गाउँपालिकाको जीपमा घर फर्किदै गर्दा बाटोबाट आफ्नो बाइकमा चढाएर घर नजिकैको जङ्गलमा जवरजस्तीकरणी गरेको भन्दै पीडित महिलाले मुद्दा दर्ता गराएकी छिन ।
बिकलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रविन्द्र चन्दले जानकारी दिए । म्याद थप गरेर मुद्दा प्रक्रिया अगाडी बढाईएको उनले बताए ।
बलात्कारको घटना पुस २० गतेको भए पनि माघ २७ गते मात्रै पीडितको जाहेरी दर्ता भएको थियो ।