कुटपिटबाट घाइते चौधरीको उपचारको क्रममा मृत्यु

धनगढी, ९ फागुन/कैलालीको भजनी नगरपालिका वडा नम्बर ९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँका २५ वर्षीय बसन्त चौधरीको आइतबार राति मृत्यु भएको छ ।
कुटपिटबाट घाइते चौधरीको कोहलपुर मेडिकल कलेरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विवाहमा बसन्तसहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्ने क्रममा विवाद भएको थियो । विवादपछि उनीहरुबीच झगडा समेत भएको बताइएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको घोडाघोडी अस्पताल सुख्खडमा उपचार सम्भव नभएपछि कोहलपुर लगिएको थियो ।
कुटपिटमा संलग्न ४ जनालाइ नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले बताएको छ ।