क्याम्पस चोकमा बन्यो ‘टावर लाइट’, सामाजिक संजालमा प्रशंसा

धनगढी,९फागुन। कैलालीको धनगढी उपमहानगरपालिकामा क्याम्पस चोकमा टावर लाइट निर्माण गरिएको छ। उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित क्याम्पस चोकमा टावर लाइट निर्माण गरिएको हो ।
वडा कार्यालयको बजेटबाट २ लाख ७५ हजारको लागतमा उक्त टावर लाइट निर्माण भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष नारायण बरालले बताए ।
बजारको शौन्दर्य र सुरक्षाका दृष्टिकोणलाई मध्यनजर गर्दै टावर लाइट निर्माण गरिएको वडा अध्यक्ष बरालले बताए ।
सो टावर लाइटको आज (सोमबार) प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् ।उद्घाटन पश्चात ५६ फिट अग्लो रहेको सो टावरमा आजै राष्ट्रिय झण्डा समेत फहराइएको अध्यक्ष बरालले जानकारी दिएका छन् । धनगढीमा अन्य स्थानमा समेत टावर लाइट जडान गर्ने योजना रहेको धनगढीका नगरप्रमुख नृपबहादुर वडले बताएका छन्।
सो स्थानमा टावर बनेपछि नयाँ काम गरेको भन्दै सामाजिक संजाल फेसबुकमा वडा नम्बर ८ र उपमहानगरपालिकाको प्रशंसा भईरहेको छ ।