फूलवारीको ओझा टोलमा एमालेको २१ सदस्यीय टोल कमिटी गठन

धनगढी,८फागन। नेकपा(एमाले)ले धनगढी उप–महानगरपालिका वडा नम्बर–१४ फूलवारी “बि”गाँउमा टोल कमिटी गठन गरेको छ । एमालेको उपमहानगरपालिका वडा नम्बर–१४ वडा कार्य समितिले “बि” स्थित ओझा टोलमा टोल कमिटी संगठन गरेको हो ।
सो टोलमा गणेश ओझाको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन गरिएको नेकपा(एमाले) धनगढी धनगढी उप–महानगरपालिका वडा नम्बर १४का सचिव कृष्ण पाण्डेले जानकारी दिए ।सो टोलमा नेपाली काँग्रेस परित्याग गरि २५ जनाले एमालेमा प्रवेश गरेको समेत सचिव पाण्डेले बताए । सरकारले निर्वाचनको मिति तोकेसंगै एमालेले पार्टीको संगठन बिस्तारलाई तिर्व बनाएको समेत उनले बताए ।
एमालेका निवर्तमान जिल्ला कमिटी उप–सचिव नेपालु चौधरीको प्रमुख आतिथ्यमा टोल कमिटी गठन गरिएको थियो ।
यस्तै एमालेका जिल्ला कमिटी सदस्य भुवन रिजाल ,रामचन्द्र चौधरी,र धनगढी नगर अध्यक्ष रामचन्द्र जोशी लगायतको उपस्थिति रहेको थियो।