उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि बन्द

धनगढी, ११ माघ/आजसम्म पूर्ण सेवा दिइरहेको धनगढी उपमहानगरपालिकाले भोलीदेखि अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि बन्द गर्ने भएको छ ।
नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीहरुलाई कोभिड–१९ संक्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेर आईसोलेसनमा रहेको भन्दै उपमहानगरपालिकाले माघ १२ गतेदेखि १८ सम्म अत्यावश्यक ( स्वास्थ्य, सरसफाई, दमकल र एम्बुलेन्स) बाहेकका सेवा बन्द गर्ने जनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एक सूचना जारी गर्दै नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीहरुलाई कोभिड–१९ संक्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेर आईसोलेसनमा रहेको साथै कार्यालयमा सेवाग्राहीको भिडभाड समेत भइ कार्यालयबाटै कोरोना संक्रमण फैलिने जोखिम रहेकोले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।