नेपालमा आज थप २३ लाख डोज मोडर्ना खोप आउँदै

काठमाडौं, ११ माघ/ठूलो परिमाणमा आज नेपालमा कोरोनाविरुद्धको मोर्डना खोप आउने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका अनुसार आज २३ लाख ४० हजार डोज मोडर्नाको खोप नेपाल आउन लागेको हो ।
आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले मंगलबार थप २३ लाख ४० हजार डोज खोप नेपाल आउने बताएका हुन् । यसअघि सोमबार पनि १६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइसकेको छ ।
आज आउने खोप सरकारले विश्व बैंकको सपोर्टमा खरिद गरेको हो।