विश्वभर थपिए साढे १९ लाख कोरोना संक्रमित

काठमाडौं, ३ माघ/पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाख कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सोही अवधिमा विश्वभर झण्डै ४ हजार मानिसको संक्रमणबाट ज्यान गएको छ ।
हालसम्म विश्वभर कोरोनाबाट ५५ लाख ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । साथै विश्वमा ५ करोड ५६ लाखभन्दा बढी सक्रिय संक्रमित छन ।
यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ६३ जना कोरोना संक्रमित थपिएका छन । यही अवधिमा एक लाख ४२ हजार २४६ जना संक्रमणमुक्त भएका छन भने ३८८ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड ७३ लाख ७९ हजार २७७ पुगेको छ ।
तीमध्ये ३ करोड ५२ लाख २७ हजार ९६७ निको भइसकेको छन भने मृतकको संख्या ४ लाख ८६ हजार ४८२ जनाको मृत्यु भइसकेको छ । अहिले भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ६४ हजार ७७८ छन ।