काठमाडौं,१माघ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो।
उक्त उमेर समूहका बालबालिकाको यकिन तथ्यांक निकाल्न स्थानीय सरकारलाई तत्काल आग्रह गर्ने निर्णय सरकारले गरेको छ। सरकारले १२ देखि १८ वर्ष उमेर समूहलाई पनि खोप लगाइरहेको छ।