काठमाडौं,१माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घन्टामा २ लाख ६७ हजार ३४५ जना कोरोना संक्रमित थपिएका छन्।
यही अवधिमा एक लाख १३ हजार ४०७ जना संक्रमणमुक्त भएका छन्। भारतमा पछिल्लो २४ घन्टामा मात्रै ४३० संक्रमितले ज्यान गुमाएका छन्।
यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड ६८ लाख ५० हजार नजिक पुगेको छ। तीमध्ये ३ करोड ५० लाख नजिक निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८५ हजारको मृत्यु भइसकेको छ। हाल भारतमा सक्रिय संक्रमित संख्या १४ लाख २५ हजारभन्दा बढी रहेको छ।