आज सुदूरपश्चिम सहित देशभर माघे संक्रान्ति पर्व मनाईदै

धनगढी,१ माघ। आज सुदूरपश्चिम सहित देशभर माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ।
उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ। आजको दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने गरिन्छ। त्यस्तै दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोग ब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ।
यता कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वको रौनक छ। विशेषगरी पुस अन्तिम दिनबाट सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने यो पर्वमा माघ १ गतेलाई नयाँ वर्षको रुपमा स्वागत गर्दै हर्सोल्लास मनाइने गरेको
थारु समुदायमा वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा भलमन्सा, अघरिया, चौकीदार लगायतका पदहरुमा चयन गर्ने विषयमा पनि थारू बस्तीहरुमा छलफल चलिरहेको छ।
माघी मनाउन हरेक वर्ष गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गरिँदै आएको थियो तर कोरोना माहामारीका कारण यस्ता कार्यक्रमहरु भने संचालन भएका छैनन् ।।
माघीको दिन शनिबार परेकोमा २ गते सुदूरपश्चिम सरकारले सार्वजनिक बिदा दिएको छ।