कुँवरले गरे एक लाख ११ हजार १११, बने दोश्रो भोजन सेवा आजिवन सदस्य

धनगढी, १८ पुस/नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर मानवसेवा आश्रमको दोश्रो भोजन सेवा आजिवन सदस्य बनेका छन् ।
शनिबार एक कार्यक्रमका बिच उनले आश्रलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेर आश्रमको दोश्रो भोजन सेवा आजिवन सदस्य बनेका हुन् ।
सुदूरपश्च्मि प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।